१३ आश्विन २०८१, आइतबार

पार्टीलाई विधि र विधान अनुरुप चलाउनुपर्छः नेता शाही

प्रकाशित मिति :  19 July, 2023 1:49 pm


काठमाडाैँ । नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलको नेता जीवनबहादुर शाहीले पार्टी विधि र विधान अनुरुप चल्नुपर्ने बताएका छन् ।

बुधबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै नेता शाहीले पार्टीलाई विधि र विधान अनुरुप चलाउन आग्रह गरेका हुन् । उनले पहिले एउटा निर्णय गरिहाल्ने र पछि अनुमोदन गर भन्नु उपयुक्त नहुने भन्दै आगामी दिनमा त्यस्तो नगर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘पार्टीलाई मजबुत बनाउनका लागि हामी सब एकजुट हौँ । अब भित्र एक बोल्ने बाहिर एक बोल्ने अनि ठुला नेताहरूले जथाभावि गरे भने त्यसपछिका नेताहरूले पनि गर्नुभएन । अनि हामी पनि पछिपछि झुन्डिनेले पनि गर्नु भएन । आम जनताहरूलाई काँग्रेस एक ठाउँमा छ, काँग्रेस अगाडी बढ्छ । कांग्रेसले परिवर्तन गर्छ । यो मुलुकमा परिवर्तन गर्नसक्छ भने कांग्रेसले मात्रै गर्नसक्छ भन्ने कुरालाई हामीले राख्यौँ भने यो अगाडी बढ्ला ।’

उनले आम जनतालाई काँग्रेस एकताबद्ध भएको सन्देश दिनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !