१३ आश्विन २०८१, आइतबार

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

प्रकाशित मिति :  19 July, 2023 2:16 pm


काठमाडाैँ । एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८ स्थानमा फास्ट चार्जिङ स्टेशन संचालनमा ल्याएको छ । जेडएस इभीको बिक्री वढेसंगै थप ९ स्थानमा फास्ट चार्जर सहितको पूर्वाधार विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ । पारामाउन्टले ३० किलोवाट क्षमताको डीसी फास्ट चार्जर जडान गरेर आफ्ना ग्राहकलाई सुविधा दिँदै आएको हो ।

एमजीको हाल उपत्यकामा एक सहित देशका विभिन्न ८ स्थानमा यस्तो चार्जिङ पूर्वाधार संचालन भइरहेको छ । ललितपुरस्थित एमजीको सर्भिस सेन्टर, बुटवल, चितवन, कुरिनटार, ढल्केवर, मूलकोट, इटहरी र विराटनगरमा डीसी फास्ट चार्जर सहितको पूर्वाधार संचालनमा आएको हो ।

यसैगरी निकट भविष्यमा कम्पनीले नौविसे, हेटौडा, पोखरा, विरगंज वर्दिवास, कोहलपुर, दाङ, अत्तरिया र गाइघाटमा पूर्वाधार थप गर्ने योजना बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !