१३ आश्विन २०८१, आइतबार

ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारबिचको बैठक बिना निस्कर्ष सकियो

प्रकाशित मिति :  19 July, 2023 4:56 pm


काठमाडौँ । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र शहरी विकास मन्त्रालयबिचको बैठक बिना निस्कर्ष सकिएको छ । 

तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने शहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निस्कर्ष सकिएको हो ।

बैठकमा नुवाकोट ककनी गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र स्थानीयवासीहरू र शहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक विना निष्कर्ष सकिएको छ ।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रविन्द्र बोहोराले सरोकारवाला र सरकारबिच भएको छलफल बिना निस्कर्ष सकिएको बताए । उनले काठमाडौँ उपत्यकाको फोहोर मैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीहरूले फोहोरको गाडीहरू रोकिरहेकाले स्थानीयबासीहरूको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताए ।

उनले तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र फोहोरबाट फैलिएको दुर्गन्धलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको बताए । बोहोराले छलफलमा ल्याण्डफिल्ड साइटबाट १ किलोमिटरसम्म झिँगाहरू फैलिएकाले स्थानीयहरूलाई बस्न अफठ्यारो भएकाले तत्काल झिँगा नियन्त्रण गर्ने र फोहोर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएकाले टाढासम्म दुर्गन्ध रोक्ने बताए ।

उनले झिँगा नियन्त्रण र माटो क्यापिङ लागि महानगरसँग बसेर निचोडमा पुग्ने बताए । उनले क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सिमाङ्कन हटाएकाले त्यसलाई पुनःसिमाङकन गरेर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउने बताए ।

प्रमुख बोहोराले क्यापिङ भएपछि धेरै कुराहरूको निराकरण हुने बताए । उनले फोहोर मान्छेसँगै बस्ने अवस्था नभएकाले अति प्रभावित क्षेत्रका स्थानीयवासीहरुलाई मुआब्जा दिएर स्थानान्तरण गर्न इआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताए । उनले इआर्ईए प्रतिवेदन आएपछि प्रभावित क्षेत्रका स्थानीयहरुलाई मुआब्जा दिएर स्थानान्तरण गरिने बताए ।

त्यस्तै ककनी गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष धनराज बजगाईंले बैठकमा कुनै निष्कर्ष निस्कन नसकेको बताए । उनले आइतबार काठमाडौँ महानगरपालिका लगायत १७ वटा स्थानीय तहहरुसँग छलफल गर्ने तयारी रहेकाले उक्त बैठकपछि मात्रै फोहोरमैला व्यवस्थापन कसरी गर्ने निस्कर्षमा पुग्ने बताए । उनले तत्कालका लागि अव्यवस्थित रुपमा फालिएको फोहोरलाई तत्काल व्यवस्थापन गर्ने मन्त्रालयले प्रतिबद्धता जनाएको बताए । उनले झिँगा नियन्त्रण गर्न सरकारले पहल गर्ने बताएको बताए ।

अध्यक्ष बजगाईंले सरकारसँग फोहोर व्यवस्थापनको लागि सधैँ लडाई गर्ने भन्दा पनि अब एक पटक सम्बोधन गर्ने भनेको काम गर्ने समय दिने बताए ।



प्रतिक्रिया दिनुहोस !