१३ आश्विन २०८१, आइतबार

रोल्पामा रू.५६ करोड १५ लाख विकास बजेट फिर्ता

प्रकाशित मिति :  20 July, 2023 7:45 am


उमा केसी(

रोल्पा । रोल्पामा संघ र प्रदेशबाट प्राप्त पुँजीगत बजेट मध्ये ठुलो हिस्सा खर्च नभएर फिर्ता भएको छ ।

जिल्लाको पुँजीगत विकासका लागि आएको रकममध्ये ५६ करोड १५ लाख ९० हजार रुपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता गएको हो ।

जिल्लामा संघ तर्फ ८३ करोड २३ लाख ४३ हजार र प्रदेश तर्फ १ अर्ब ३२ करोड ८४ लाख १८ हजार गरि कुल २ अर्ब १६ करोड ७ लाख ६१ हजार रुपैयाँ बजेट प्राप्त भएको थियो ।

प्राप्त बजेट मध्ये संघ तर्फ ५७ करोड ७४ लाख ७७ हजार र प्रदेश तर्फ १ अर्ब २ करोड १६ लाख ८३ हजार गरेर कुल १ अर्ब ५९ करोड ९१ लाख ७० हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए ।

खर्च हुन नसकेर फिर्ता गएको बजेट मध्ये संघको २५ करोड ४८ लाख ५५ हजार र प्रदेशको ३० करोड ६७ लाख ३४ हजार रुपैयाँ छ । खर्च हुन नसकेर फिर्ता गएको उक्त रकम कुल बजेटको करिब २६ प्रतिशत हो ।

जिल्लामा संघ तर्फ ५ अर्ब ८३ करोड २६ लाख ९० हजार र प्रदेश तर्फ ७९ करोड ७३ लाख ४५ हजार गरि चालु तर्फ ६ अर्ब ६३ करोड ३५ हजार रुपैयाँ प्राप्त भएको थियो ।

चालु तर्फ प्राप्त बजेट मध्ये संघको ५ अर्ब ४० करोड २२ लाख ९ हजार र प्रदेश तर्फ ६२ करोड ७४ लाख ४४ हजार गरि कुल ६ अरव २ करोड ९६ लाख ५४ हजार रुपैयाँ खर्च भएको छ ।



प्रतिक्रिया दिनुहोस !