१४ आश्विन २०८१, सोमबार

हाथवे इन्भेष्टमेन्टको आइपीओमा आजदेखि आवेदन खुल्यो

प्रकाशित मिति :  20 July, 2023 1:09 pm


काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपालले पहिलो चरणमा आइपीओ निष्काशन गरेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आज साउन ४ गतेबाट आईपीओ बिक्री खुला गरेको जनाएको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशतले हुन आउने ५० रुपैयाँ अंकित मूल्यका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको छ।

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको हो।

यो आईपीओमा विदेशमा रहेका श्रमिकले न्यूनतम २० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। विदेशमा रहेको श्रमिकहरुले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत खरिद आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा विदेशमा रहेका श्रमिकहरुले साउन १८ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ पूर्ण रुपमा बिक्री नभएमा सर्वसाधारणका लागि छुट्याइएको आईपीओमा जोडेर निष्कासन गरिने पनि कम्पनीले जनाएको छ।

जसअनुसार कुल कित्ताको २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीले उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !