१४ आश्विन २०८१, सोमबार

सुनकाण्डको विषय छानविन गर्न भन्सार विभागले बनायो समिति

प्रकाशित मिति :  20 July, 2023 2:14 pm


काठमाडौं । त्रिभुवन अन्तरािष्टय विमानस्थलबाट भित्रिएको ठुलो परिमाणको अवधै सुनको विषय छानविन गर्न भन्सार विभागले समिति गठन गरेको छ ।

विमानस्थलबाट बाहिरिएको सुन प्रकरणको छानबिनका भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको स्रोतले जनाएको छ ।

विमानस्थलले तस्करीको सुन कसरी विमानस्थल बाहिर गयो भन्ने विषयको छानविन गर्न समितिलाई जिम्मेवारी दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

विषेश सूचनाका आधारमा राजश्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !