१४ आश्विन २०८१, सोमबार

सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न रहेको समाचार आएको छः सांसद भट्टराई

प्रकाशित मिति :  20 July, 2023 2:33 pm


काठमाडाैं । राष्ट्रियसभाका सांसद गोपाल भट्टराईले करिव एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नाम समेत सो प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरेका छन् ।

सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरुनै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वास समेत आफूहरुलाई नभएको बताए ।

उनले भने ‘सुन तस्करहरुले राज्य संचालनमै हस्तक्षेप गरिरहेको आभास भईरहेको छ, हाम्रो देशमा तस्करहरुले राज्य संचालनमा हस्तक्षेप त गरेका छैनन् भन्ने आभास हुन थालेको छ । बाहिर हेर्दा भ्रष्टाचार, अनियमितता सबै अन्त्य हुन थालेजस्तो देखिएको छ ।’

यस्ता प्ररकरणाहरूमा सत्ता र शक्ती भएका व्यक्ती जाेडिदा जनताकाे ध्यान एकातिर केन्द्रित गर्ने र अर्कोतर्फ तस्करी मौलाउने अवस्था अाउँदा छानविन समेत नहुने बताए ।

उनले भने ‘भर्खरै समातिएको करिव एक क्वीन्टल सुनको बारेमा पूर्व सभामुख र गृहमन्त्रीको समेत नाम जोडिएर समाचारहरु आएका छन । सुन भित्रयाउँदा मोटर साईकल र स्कुटरको ब्रेक सू भनेर भन्सार छलि भएको छ । यो एक, डेढ महिना यही प्रक्रियाबाट भित्रिएको भन्ने सुनिएको छ । अव निष्पक्ष छानविन हुन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । यो प्रश्न राख्न चाहन्छु ।’

सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्नेक्रम बढिरहेको जिकीर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !