१४ आश्विन २०८१, सोमबार

नेप्से परिसूचकमा सामान्य गिरावट, ३ अर्ब रुपैयाँको कारोबार

प्रकाशित मिति :  20 July, 2023 3:35 pm


काठमाडौं । साताको कारोबार अन्तिम दिन सेयरबजारमा सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.०५ अंकले बढेर ४१०.५२ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमुहमध्ये ५ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी ८ वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको १४ करोड २३ लाख १७ हजार ८७ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा विशाल बजार कम्पनी र लिवर्टी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन सिटिजन्स म्यूचुअल फण्ड–२ र कुमारी इक्यूटी फण्ड का लगानीकर्ताले सबैभन्दा धेरै गुमाउका छन् । दुवै फण्डको मूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।

कुल २६४ कम्पनीको ८ करोड ४२ लाख ४ हजार १ सय ८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख १० हजार ६ सय ५९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !