१४ आश्विन २०८१, सोमबार

राष्ट्रपति पौडेलद्वारा अर्थसम्बन्धि तीन वटा विधेयक प्रमाणिकरण

प्रकाशित मिति :  20 July, 2023 4:04 pm


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अर्थसम्बन्धि विभिन्न तीन वटा विधेयक प्रमाणिकरण गरेका छन् ।

बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै राष्ट्रपति पौडेलले गत असार ३१ गते ‘विनियोजन विधेयक, २०८०’, ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ प्रमाणिकरण गरेका हुन् ।

संघीय संसदको दुवै सदनबाट पारित भएका विधेयकहरु राष्ट्रपतिले प्रमाणिकरण गरेपछि कानुनको रुपमा कार्यान्वयनमा जाने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !