१४ आश्विन २०८१, सोमबार

कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो ‘ह्वाट् द फ्लप’ शो

प्रकाशित मिति :  20 July, 2023 5:22 pm


काठमाडौँ । कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ ।

गत असार २३ गते कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले बलात्कार अभियोगमा सफाइ पाएका पूर्णविक्रम शाहलाई बोलाएर अन्तर्वार्ता लिएपछि कार्यक्रम विवादमा परेको थियो। कान्तिपुर टेलिभिजनले त्यस दिनको कार्यक्रम युट्युबबाट हटाएको थियो।

कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !