१४ आश्विन २०८१, सोमबार

नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्नः बामदेव गौतम

प्रकाशित मिति :  20 July, 2023 6:08 pm


काठमाडौँ । राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको सङ्ख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क गरे ।

बिहीबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको सङ्ख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे ।

त्यसो गरियो भने नेपाली सेनाले आगामी पाँच वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पु¥याउने सांसद गौतमले तर्क गरे ।

उनले गौरवगाथाले भरिएको नेपाली सेनाको सेना घटाएर त्यसको बजेट देशको विकासमा लगाउने कुराको पनि खण्डन गर्दै बरु प्रतिनिधिसभाको सङ्ख्या घटाउन र प्रदेश सभा हटाउँदा उपयुक्त हुने बताए ।

त्यस अवसरमा सांसद गौतमले हालको प्रतिनिधिसभाले राष्ट्रको कार्यकारी चुन्ने प्रणाली रहँदासम्म मुलुकको विकास पनि हुनै सक्ने जिकीर समेत गरे ।

सांसद गौतमले पार्टीको केन्द्रिय कार्य समिति बैठक लाईभ गरेको भन्दै काँग्रेसप्रति आभार व्यक्त गर्दै कम्युनिस्ट पार्टीहरुले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने धारणा राखे ।



प्रतिक्रिया दिनुहोस !