१४ आश्विन २०८१, सोमबार

काँग्रेस केन्द्रिय कार्यसमिति बैठक अझै दुई दिन चल्ने

प्रकाशित मिति :  20 July, 2023 6:16 pm


काठमाडाैँ । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

बिहीबार पार्टी केन्द्रिय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले उनले बैठकमा केन्द्रिय कार्यसमिति सदस्यहरूले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्नसक्ने बताएका हुन् ।

उनले केन्द्रिय कार्यसमिति सदस्यहरूले बैठकमा पार्टीगत, समसामयिक राजनीतिक विषयमा आफ्ना धारणा राख्ने क्रम जारी रहेको बताए ।

उनले भने, ‘नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज तेस्रो दिन सम्पन्न भएको छ । यो बैठक जारी छ । भोलि ११ बजेका लागि बैठक तोकिएको छ । केन्द्रिय समितिका सदस्यहरूले बोल्ने क्रम जारुी छ, अझै दुई दिन लाग्न सक्छ, समसामयिक राजनीतिक विषय, पार्टीका बारेमा धारणा राखिरहनुभएको छ। भोलि र आइतबार पनि यो क्रम जारी रहन्छ ।’

नेता पौडेलले बैठक शुक्रबार र आइतबार बस्ने बताए ।



प्रतिक्रिया दिनुहोस !