१४ आश्विन २०८१, सोमबार

सुन तस्करीमा पूर्वसभामुखको नाम गलत मनशायले जोडियोः मन्त्री शर्मा

प्रकाशित मिति :  21 July, 2023 10:29 am


काठमाडाैँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासनको पक्षमा दृढताकासाथ उभिएको बताएकी छिन्। शुक्रवार जनकपुर पुगेकी मन्त्री शर्माले सरकार सुशासनको पक्षमा र भ्रष्टचारबिरुद्ध दृढतापूर्वक उभिएको बताएकी हुन्।

मन्त्री शर्माले सुन तस्करीमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत किसिमले आएको बताइन्। उनले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताइन्।

नागरिकता समस्या समाधान गरेको भन्दै छिट्टै नागरिकता सम्बन्धी नियमावली निर्माण गर्ने जानकारी गराइन्। मन्त्री शर्माले सरकारको काम कारबाहीमा जनताले साथ दिइरहेको भन्दै अझै साथ र समर्थनको अपेक्षा गरेको बताइन्।

सेवा प्रवाहमा समेत विगतको भन्दा सुधारको अवस्था आएको बताउँदै मुलकमा समान्तवादको अवशेषको रुपमा रहेका मिटर ब्याजलाई समाप्त पार्न सरकारले कानून अनुसार दण्डित गर्ने ऐन नै निर्माण गरेको गरेकाे उनकाे भनाइ छ। शर्माले केही असन्तुष्टिहरु भए पनि त्यसलाई बिस्तारै समाधान गरेर जाने उनकाे भनाइ छ।

मन्त्री शर्माले भनिन्, “सरकार अहिले सुशासनको पक्षमा, भ्रष्टाचारका बिरुद्धमा दृढताकासाथ उभिएको छ । सेवाप्रवाहको क्षेत्रमा पनि प्रभावकारी काम चुस्त दुरुस्त हुनुपर्छ भनेर बढेको छ । सरकार जसरी अहिले अघि बढीरहेको छ, त्यसका लागि जनताको साज, समर्थन भइरहेको छ । त्यसलाई अझ बढाएर जाने र राम्रो बनाउने दिशामा छौँ । ऐन, कानून निर्माण गर्ने कुरामा, विगतका लामा समस्या, मिटरब्याज, नागरिकतासम्बन्धी समस्या लगायतका समस्याको अन्त्य गर्न हामी लागेका छाैँ।”



प्रतिक्रिया दिनुहोस !