१४ आश्विन २०८१, सोमबार

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वाेच्चले निर्णय सुनाउँदै 

प्रकाशित मिति :  21 July, 2023 11:04 am


काठमाडाैँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले आज निर्णय सुनाउने भएकाे छ। 

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमवारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !