१४ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा लम्पी स्किन रोगविरुद्ध खोप लगाउन सुरू

प्रकाशित मिति :  21 July, 2023 12:54 pm


अर्घाखाँची । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध अर्घाखाँचीमा आजदेखि खोप लगाउन सुरू गरिएको छ ।

अर्घाखाँची जिल्लाका गाई, गोरुलाई लम्पी स्किनविरुद्धको खोप सन्धिखर्कदेखि लगाउन सुरू गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीले जनाएको छ ।

केन्द्रका प्रमुख पशु विकास अधिकृत बिष्णु पौडेलले सुरुआतमा बजेट अभावमा खोप खरिद गर्न नसकिएको बताए ।

उनले भने,“अन्य रोगको खोप कार्यक्रम सञ्चालन भए पनि लम्कीका लागि बजेट र खोपको व्यवस्था थिएन । हाल आएर प्रदेश सरकारले व्यवस्था गरेर अनुसार खोप खरीद गरेर खोप कार्यक्रम सुरु गरेर लगाउन सुरू गरेका छौँ ।”

लम्पी स्किन महामारीको रूपमा फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरूले ठुलो नोक्सानी भएको बताउदै उनले हाल आएर प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोपका बजेट विनियोजन गरेर जिल्लास्थित भेटेरिनरी अस्पतालमा पठाएको उनले जानकारी दिए ।

अर्घाखाँचीमा लम्पी स्किनबाट सङ्क्रमित भइ हालसम्म १९३ गाई गोरू मृत्यु भएको छ । भैँसीको भने संक्रमणबाट मृत्यु भएको छैन ।

अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका पाणिनि गाउँपालिका, छत्रदेव गाउँपालिका शितगगा नगरपालिका लगायतमा पालिका पशु सङ्क्रमित छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि तथा भुमि व्यवस्था मन्त्रालयका हुमाकान्त पाण्डेले लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग भएको बताउदै रोगलाई न्युनिकरण गरेर किसानको लगानीलाई राज्यले सुनिश्चित गनुपर्ने बताए ।

लम्पी स्किम रोग लागेपछि लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ ।

गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढ्न सक्ने बताउदै यसलाई निमुल पार्नुपर्ने बताए ।

रोगबाट सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुनसक्ने पशु चिकित्सकले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !