१४ आश्विन २०८१, सोमबार

अहिलेसम्म संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद्ः सुवास नेम्वाङ

प्रकाशित मिति :  21 July, 2023 5:17 pm


काठमाडाैं । नेकपा एमाले संसदीय दलका उपनेता एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पनि संसदीय समितिले नेतृत्व पाउन नसक्नु दुःखद् भएकाे बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूलाई दलका नेताहरुले असार अन्तिमसम्ममा समितिले नेतृत्व पाउँछ भनेको भएपनि समय कटिसक्दा पनि समिति नेतृत्व बिहीन हुन राम्रो नभएको बताएका छन् ।

समितिको नेतृत्व जतिसक्दो चाँडो हुनुपर्ने हाे, नेम्वाङले भने, यसबीचमा तपाईहरु जस्तै मैले बारम्बार यो कुरा गरेको छु, हाम्रा नेताहरुसँग, सत्तापक्षसँग मलाई जानकारी भएअनुसार आजभोलि टुंगिनुपर्दथ्यो । असार भित्रमा सभापति संसदले पाउँछ, भनेर मलाई भनिएको थियो । तर असार पनि नाघ्यो । अब समितिले सभापति पाउँछ । समितिले सभापति नपाएको कुरा दुःखद् हो । जतिसक्दो चाँडो यसले टुंगो पाउनुपर्छ ।’

सांसद नेम्वाङले जुम्लामा भएको घटनको विषयमा छानबिन गर्न उपसमिति बनाइहाल्न आवश्यक नरहेको तर घटनाको अनुसन्धानका लागि समिति सभापतिको नेतृत्वमा केही प्रक्रिया सुरू गर्न सकिने बताए। 



प्रतिक्रिया दिनुहोस !