१० मंसिर २०८१, सोमबार

गतवर्षको तुलनामा २० प्रतिशत रोपाइँ कम

प्रकाशित मिति :  21 July, 2023 5:54 pm


काठमाडौँ । देशभर ६८ प्रतिशत रोपाइँ सकिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार साउन ५ गते शुक्रबारसम्ममा देशभर ६८ प्रतिशत रोपाइँ सकिएको हो।

यो गत वर्षको सोही समयको तुलनामा भने २० प्रतिशतले कम हो। गत वर्ष साउन ५ गतेसम्ममा ८८ प्रतिशत रोपाइँ सकिएको थियो।

मन्त्रालयका अनुसार मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिलो सुरू भएकाले धान रोपाइँ कम भएको हो । कर्णाली र सुदुरपश्चिम प्रदेशमा विशेषगरि गोरुमा लम्पी स्कीन रोगका कारण गोरुको अभाव भइ रोपाइँ थोरै प्रभावित भएको जनाइएको छ ।

मध्य तराइमा श्रावण मसान्तसम्म नै रोपाइँ हुने गरेको सन्दर्भमा श्रावणमसान्तसम्ममा ९०\९५ प्रतिशतसम्म रोपाइ हुने मन्त्रालयले जनाएको छ ।

हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा र कम मधेश प्रदेशमा धान रोपाइँ भएको छ। ती प्रदेशमा क्रमश ९८ र ४६ प्रतिशत धान रोपाइँ भएको छ।

त्यस्तै, कर्णाली प्रदेशमा ७६ कोशी प्रदेशमा ७३, बागमती प्रदेशमा ६५, लुम्बिनी प्रदेशमा ७४ र गण्डकी प्रदेशमा ६७ प्रतिशत धान रोपाइँ भएको छ।



प्रतिक्रिया दिनुहोस !