१४ आश्विन २०८१, सोमबार

सय किलो सुन तस्करी गर्ने मालिकलाई पक्राउ गर्नुपर्छ : पर्यटनमन्त्री किराँती

प्रकाशित मिति :  21 July, 2023 6:15 pm


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सरकारले एक सय किलो सुन तस्करी गर्ने भरियालाई नभएर मालिकलाई पक्राउ गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँ आयोजित २४ औं अरुण स्मृति दिवस तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री किराँतीले तस्करी प्रकरणका भरिया नभइ मालिक पक्राउ गर्न सरकारलाई संघ संस्था र जनताहरूले सडकबाट दबाब सिर्जना गर्नुपर्ने बताए ।

उनले कसैलाई शक्तिको भरमा न्याय, संविधान र कानून भन्दा माथि बस्ने अधिकार नभएको भन्दै कानून विपरित काम गर्नेलाई सरकारले तत्काल कारबाही गर्ने बताए ।

सरकार सुशासन र समृद्धि बाटोमा हिँडेर समाजवादमा पुग्ने प्रधानमन्त्रीको निर्देशन र उद्देश्यको बाटोमा हिँडेको बताए । उनले सरकारलाई भ्रष्टाचार र तस्करी नियन्त्रण गर्नको लागि जनताको साथ अपरिहार्य रहेको बताएका छन् ।

उनले सुन बरामद गर्ने कार्यक्षेत्र पर्यटन मन्त्रीको नभएको भन्दै त्यो काम भन्सारको भएको बताए । मन्त्री किराँतीले  सुशासन र समृद्धिमा पुग्नको निम्ति सरकारले उठाएका सही कदमहरूको पक्षमा जनता र मिडियाले निष्पक्ष रूपमा भनिदिनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !