१४ आश्विन २०८१, सोमबार

ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा

प्रकाशित मिति :  22 July, 2023 8:57 am


काठमाडौँ । काठमाडौँको नागढुंगामा हिजो (शुक्रबार) गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका चार जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ना४ख ७१५० नम्बरका ट्रक चालक काठमाडौँको नागार्जुन नगरपालिका ५ का ३२ वर्षीय मनोज श्रेष्ठ, ना३ख ४९६१ नम्बरका ट्रक चालक पर्साको वीरगंज महानगरपालिका १७ का २४ वर्षीय रोशन कुमार पटेल, बागमती प्रदेश ०३९००१ख २२९६ नम्बरका ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका २ का ३० वर्षीय राम कुमार श्रेष्ठ र बा३ख ७९०५ नम्बरका हाइस चालक पाल्पाको पिपलडाँडाका ३५ वर्षीय हरि बहादुर चिडि रहेका छन् ।

नियन्त्रणमा लिएका ‍ चारैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलिले हिजो (शुक्रबार) २५ वटा सवारी साधनका चालकलाई चेक गर्दा ४ जना भने ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।



प्रतिक्रिया दिनुहोस !