८ मंसिर २०८१, शनिबार

भरतपूर महानगरपालिकाद्वारा कक्षा ११ मा छात्रवृत्तिको लागि २८३ जना विद्यार्थी छनोट

प्रकाशित मिति :  23 July, 2023 11:40 am


काठमाडौ । चितवनको भरतपुर महानगरपालिकाले चालु शैक्षिक सत्रमा कक्षा ११ मा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने भएको छ ।

महानगरपालिकाले कक्षा ११ को लागि निजी तथा सामुदायिक विद्यालयले दिने छात्रवृत्तिको लागि २८३ जना विद्यार्थीलाई छनोट गरेको छ ।

भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको आइतबार बिहान बसेको बैठकले छात्रवृत्तिका लागि २८३ जना विद्यार्थी छनोट गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।

शैक्षिक सत्र २०८० मा महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयरसामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई महानगरपालिका छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०७५ (संशोधन सहित) को दफा ५ को उपदफा ३९१० बमोजिम छात्रवृत्ति प्रदान गर्न विद्यार्थी छनोटका लागि इच्छुक विद्यार्थीहरूबाट १५ दिनको समयावधि दिएर अनलाइन आवेदन मागेको स्रोतले जनाएको छ ।

जसअनुसार सामुदायिक विद्यालबाट ४७९ र निजी विद्यालयबाट ३४० जना विद्यार्थी गरी कुल ८१९ जना विद्यार्थीले आवेदन दिएका थिए । महानगरले जसमध्ये मध्येबाट २८३ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट गरिएको महानगरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !