१४ आश्विन २०८१, सोमबार

निफ्राको खुद मुनाफा ४२.७१ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  23 July, 2023 12:58 pm


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षमा ४२.७१ प्रतिशत खुद नाफा आर्जन गरेको छ ।

बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकको मुनाफा ४२.७१ प्रतिशतले बढेर १ अर्ब ४५ करोढ ९२ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष बैंकले अघिल्लो वर्ष बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंक सञ्चालन मुनाफा ४२.६८ प्रतिशतले घटेर १ अर्ब ४६ करोडमा झरेको छ । अघिल्लो वर्ष समीक्षा अवधीमा कम्पनी सञ्चालन मुनाफा २ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै बैंकको खुद ब्याज आम्दानी एक वर्षमा ४४.७५ ले बढेर २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।

बैंकले फि तथा कमिसन आम्दानी पनि १०३५.१३ ले बढेर २ करोड २७ लाख नाघेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन र कर्जा लगानी दुवै विस्तार भएको छ ।

बैंकको रिजर्भको आकार पनि अघिल्लो वर्षका तुलनामा ३१.७१ प्रतिशतले बढेर २ अर्ब २८ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भको आधार १ अर्ब ७३ करोड रुपैयाँ रहेको रहेको थियो ।

बैंकले गत आर्थिक वर्षमा ८९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।

निफ्राको नाफा वृद्धि भएसँगै प्रतिसेयर आम्दानी पनि १.८१ रुपैयाँले बढेर ६.७६ रुपैयाँ पुगेको छ । पीई रेसियो ३३.१६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११०.५७ रुपैयाँ रहेको छ।



प्रतिक्रिया दिनुहोस !