१४ आश्विन २०८१, सोमबार

पाल्पामा करेन्ट लागेर एक पुरुषको मृत्यु

प्रकाशित मिति :  23 July, 2023 12:18 pm


काठमाडौँ । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । छहरा गाउँपालिका वडा नम्बर ३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बम्रेलको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसन्धान अधिकृतसहितको टोलीले घटनाको अनुसन्धान गरेको सूचना अधिकारी एंव प्रहरी निरीक्षक भूपेन्द्र थापाले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !