१४ आश्विन २०८१, सोमबार

बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु

प्रकाशित मिति :  24 July, 2023 11:09 am


काठमाडौं । बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमल प्रसाद चौधरीले जानकारी दिए ।

अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा पनि घाइते भएका छन् ।

उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !