१४ आश्विन २०८१, सोमबार

सोमबार सुनचाँदीको मूल्यमा गिरावट

प्रकाशित मिति :  24 July, 2023 11:20 am


काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमबार बजारमा छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
हिजो साताको कारोबारको पहिलो दिन छापावाला सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै हिजो प्रतितोला १५ रुप्पैयाँले घटेको चाँदीको मूल्य आज पनि प्रति तोला ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !