१४ आश्विन २०८१, सोमबार

नेकपा एसको कार्यवहाक अध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डेलाई

प्रकाशित मिति :  24 July, 2023 1:57 pm


काठमाडौं । एकीकृत समाजवादीकोको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन्।

कम्यूनिष्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष माधव नेपाल इन्डोनेसिया प्रस्थान गरेपछि पाण्डेले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

अध्यक्ष नेपाल अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन आइतबार राति इन्डोनेसिया गएका छन् ।

कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आ आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् ।

बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने तयारी रहेको स्रोतले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !