१४ आश्विन २०८१, सोमबार

नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बन्छः मन्त्री महत

प्रकाशित मिति :  24 July, 2023 2:53 pm


काठमाडाैँ । अर्थमन्त्री डा। प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् ।

सोमबार बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका छन् ।

महतले आइतबार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पनलाई सम्बोधन गरिएको बताए । उनले निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने समेत बताए । महतले अहिले समग्रमा मूल्यवृद्धि कम भएको दाबी गर्दै सरकार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !