१४ आश्विन २०८१, सोमबार

गोरूसिङगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध

प्रकाशित मिति :  25 July, 2023 8:03 am


अर्घाखाँची । गएरातीदेखि परेको अविरल वर्षाका कारण पहिरो जादा गोरूसिङगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला सदरमुकाम जाने प्रमुख सडकखण्डको भुवनपाटा,देउराली ,नरपानी,दहखोला जगत ,फुदबाङ डम्पिङ साईड वरपर विभिन्न ठाउँमा पहिरो खस्दा गएरातीबाट सडक अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउन प्रयास भैरहेता पनि निरन्तर परेको वर्षाले पहिरो थपिदा सडक खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !