१४ आश्विन २०८१, सोमबार

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  25 July, 2023 11:45 am


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

मंगलबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँले घटेर छापावाला सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो।



प्रतिक्रिया दिनुहोस !