१४ आश्विन २०८१, सोमबार

नेप्से परिसूचकमा ३६ अंकको गिरावट

प्रकाशित मिति :  25 July, 2023 4:10 pm


काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएको दोस्रो दिन पनि लगानीकर्ताहरुको मनोबल बढ्न सकेन ।

नेपाल राष्टबैंकले आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा ४÷१२ को क्याप लगायो । राष्ट्र बैंकले सेयर कर्जामा कडाई गरेसँगै थलिएको सेयरबजार अहिलेसम्म तंङरिन सकेको छैन । मौद्रिक नीतिमा लगानीकर्ताले संसोधन हुने अपेक्षा गरेपनि सम्बोधन हुने सकेन ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा केही संसोधन हुन्छ भन्ने आश गरेका लगानीकर्ता निराश हुँदा त्यसको प्रत्यक्ष प्रभाव सेयरबजारमा देखिएको जानकारहरु बताउँछन् ।

लगानीकर्ताको मनोबल बढ्न नसक्दाको परिणाम आज पनि सेयरबजारमा देखिएको उनिहरुको तर्क छ ।

हिजो सोमबार २६ अंकले घटेको सेयरबजार आज मंगलबार ३६ अंकले घट्दा कारोबार रकम पनि २ अर्बको आसपासमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ अंकमा झरेको छ ।

सेन्सेटिभ परिसूचक ७.८१ अंकले घटेर ४११.१६ अंकमा झरेको छ । आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ वटा उपसमुहको सेयर बढेको छ भने बाँकी १२ वटा उपसमुहको सेयर घटेको छ ।

मंगलबार कारोबार रकमका आधारमा सोल्टी होटलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड २७ लाख ७९ हजार ७४ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन किसान लघुवित्त तथा वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज नबिल डिबेन्चर–२०८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । डिबेन्चरको मूल्य ६ प्रतिशतले घटेको छ ।

कुल २६७ कम्पनीको ७७ लाख १६ हजार २ सय ७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४ सय १८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !