१४ आश्विन २०८१, सोमबार

रोल्पामा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

प्रकाशित मिति :  26 July, 2023 11:26 am


उमा के.सी-

राेल्पा । रोल्पामा खोलाले बगाउदा एक पुरुषको मृत्यु भएको छ ।

रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ५ बथानका ५१ वर्षीय फौदबहादुर बुढाको खोलाले बगाउँदा निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।

खोला तर्नेक्रममा अत्याधिक वर्षाका कारण बढेको खोलाले बगाउँदा बुढाको मृत्यु भएको प्ररम्भिक अनुमान गरिएको सूचना अधिकारी भुसालले जानकारी दिए ।

करिब ३ किलो मिटर तल बगाएर लगेको अवस्थामा बुढाको शव भेटिएको थियो । स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !