१४ आश्विन २०८१, सोमबार

भिजि ईम्पेक्स र एभरेष्ट बैंकबिच सम्झौता, जि।डब्लु।एमका विभिन्न गाडीमा फाइनान्सिङ सुविधा

प्रकाशित मिति :  26 July, 2023 3:07 pm


काठमाडौँ । भि।जि। ईम्पेक्स प्रा।लि। र एभरेष्ट बैंकबिच सम्झौता भएको छ । नेपालमा जि।डब्लु।एम सवारीसाधनहरुको आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग सम्झौता गरेको हो ।

आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको कम्पनीले जनाएको छ ।

उक्त सम्झौतामा भि।जि।ईम्पेक्स – जि।डब्लु। एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका छन् ।

जि।डब्लु।एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरूलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्ने उद्देश्यका साथ सहकार्य गरिएको जनाइएको छ । कम्पनीका अनुसार यसले ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याजदरहरू, डाउन पेमेन्ट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेकोले ग्राहकहरूले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।

एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट आरओआई (ब्याजदर) सहितको अधिकतम ८०५ ऋण उपलब्ध गराउने उल्लेख गरेको छ । कम्पनीले ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी आरओआई (ब्याजदर) १०।८०५८ रहने जनाएको छ । कम्पनीले शर्तहरु भने लागु हुने उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !