१४ आश्विन २०८१, सोमबार

सत्तापक्षकै सांसदले मागे अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा

प्रकाशित मिति :  26 July, 2023 3:58 pm


काठमाडौं । सत्तापक्षकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्माले सुन तस्करीको प्रकरणलाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले दुवै मन्त्रीहरुले अनुसन्धान प्रक्रियालाई सहज बनाउनको लागि राजीनामा दिएर प्रजातान्त्रिक अभ्यासको कदर गर्नुपर्ने बताए ।

उनले भने ‘कि मुख्य नाइके पक्रिनुपर्यो, होइन भने मुख्य नाइके पत्ता नलागेसम्म प्रजातान्त्रिक व्यवस्थालाई स्वीकार गर्नुपर्छ’ ।

सांसद शर्माले यो विषयलाई गुपचुप पारेर मुख्य नाइकेलाई संरक्षण गरि भरियालाई मात्र जेलमा कुहाउने षडयन्त्र भएको छ भने प्रधानमन्त्री फर्किए पछि संसदभवन भित्रै आमरण अनसन बस्ने चेतावनी दिए ।

उनले प्रधानमन्त्रीको आगमन भएपछि संसदभित्र आमरण अनसन बस्ने चेतावनीसमेत दिए।



प्रतिक्रिया दिनुहोस !