१४ आश्विन २०८१, सोमबार

एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

प्रकाशित मिति :  26 July, 2023 5:02 pm


काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ।

सुन तस्करीको उच्चस्तरीय छानविन माग गर्दै एमालेको नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको हो।

बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले सुन तस्करलाई कारबाही नभएसम्म संसद सुचारु हुन नसक्ने बताए । एमाले सांसदहरूले सुन तस्करलाई कारबाही गर, उच्चस्तरीय छानबिन समिति गठन गर भन्दै नाराबाजीसमेत गरेका थिए ।

सभामुख देवराज घिमिरेले साउन १५ गते बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित गरेका छन्। साउन १५ गते सोमबार दिउँसो १ बजे अब प्रतिनिधि सभा बैठक बस्नेछ।



प्रतिक्रिया दिनुहोस !