१४ आश्विन २०८१, सोमबार

विद्युतीय व्यापार विधेयक उपभोक्ता र सेवा प्रदायकको हितमा छः मन्त्री रिजाल

प्रकाशित मिति :  26 July, 2023 5:29 pm


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक, २०८० ले उपभोक्ता र सेवा प्रदायक दुवैको हित गर्ने बताएका छन् ।

बुधबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति बैठकमा बोल्दै मन्त्री रिजालले सरकारले ल्याएको विद्युतीय व्यापार विधेयक, २०८० एक पक्षलाई मात्रै हेरेर नल्याएको बताएका हुन् । उनले उक्त विधेयक इकमर्स कारोबारलाई व्यवस्थित बनाउने गरी ऐन ल्याउन लागेको बताए । मन्त्री रिजालले वस्तु उत्पादक कम्पनी तथा व्यवसायीहरूले सुपर मार्केट तथा अनलाइन प्लेट फर्मबाट पनि कारोबार गर्न पाउने बताएका छन् ।

उनले फेसबुकमा कुनै सामान बेच्न चाहेमा उपभोक्ताले विश्वास लागेर खरिद गरे विद्युतीय व्यापार ऐनले नछुने समेत बताए ।रिजालले अनलाइनबाट सुन अर्डर गर्दा पित्तलहरू आउन सक्ने विषयलाई समेत ख्याल गरेर दण्डित गर्नेगरी कानून निर्माण गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !