१४ आश्विन २०८१, सोमबार

सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार मान्छेहरू सामेल छन्ः अध्यक्ष केसी

प्रकाशित मिति :  26 July, 2023 6:03 pm


काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सुन तस्करीमा राज्यसत्ताका जिम्मेवार व्यक्तिहरू सामेल भएका बताएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष केसीले राज्यसत्ताका जिम्मेवार मान्छेहरू सामेल नभइ सुन तस्करीजस्तो अपराध हुन नसक्ने बताएका हुन् ।

उनले राज्यसत्ता नै देश लुट्ने अभियानमा लागेको भन्दै पछिल्लो सुन तस्करीको घटना नयाँ नभएको बताए । उनले सरकारले सुन तस्करीको मुख्य अपराधीलाई समातेर नेपाली जनतालाई देखाउन माग गरेका छन् ।

अध्यक्ष केसीले नेपालललाई चीन, भारत र नेपालका अपराधीहरू मिलेर अपराधको ‘ट्रान्जिट पोइन्ट’ बनाएका बताए ।



प्रतिक्रिया दिनुहोस !