१४ आश्विन २०८१, सोमबार

राज्यको अंग कमजोर भएकै कारण विमानस्थलबाट सुन उम्कियोः राजेन्द्र पाण्डे

प्रकाशित मिति :  26 July, 2023 6:11 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्कर भएको बताएका छन् ।

बुधबार आयोजित पत्रकार सम्मलेनमा बोल्दै उनले एउटा अंग कमजोर हुँदा अर्को सरकारको अंगले पक्राउ गर्नु राम्रो पक्ष भएको बताएका हुन् । उनले सरकारका सबैखाले अंगहरू चुस्त र दुरुस्त हुनुपर्ने बताए । उनले सेटिङ बिग्रिएर सुन समातियो भन्ने बाहिरी आशंका रहेको भन्दै कुनैपनि भ्रष्टाचारजन्य र तस्करीजन्य गतिविधिमा पूर्ण रूपमा नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्नेमा जोड दिए ।

नेकपा (एकीकृत समाजवादी) ले सुन तस्करी प्रकरणमा गृहमन्त्री वा अन्य मन्त्रीहरूको राजीनामा मागेर अनुसन्धान बिथोल्ने काम भए त्यसको बिरोधमा पार्टी रहने स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस !