१४ आश्विन २०८१, सोमबार

सुन तस्करीमा उच्चस्तरीय राजनीतिक संलग्नता छः सांसद केसी

प्रकाशित मिति :  26 July, 2023 6:17 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सुन तस्करीमा उच्चस्तरीय राजनीतिक संलग्नता रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले केही दिन अघि मात्रै समातिएको सुन तस्करीमा उच्चस्तरीय राजनीतिक संलग्नता रहेको बताएका हुन् ।

यो प्रकरणमा भन्सारका सिमित कर्मचारीहरूको मात्रै संलग्नता नभएको उनले बताए । उनले नेपालजस्तो गरिब देशमा तस्करी र भ्रष्टाचार गर्नु जनताको झुपडीमाथिको डकैती भएको बताए ।

उनले भने, ‘हाम्रो जस्तो गरिब देशमा हुने तस्करी र भ्रष्टाचार भनेको यो देशको गरिब जनताको झुपडीमाथिको डकैती हो । सर्वसाधारण जनता एउटा मोबाइल ल्याउनु पर्दा खेरी, दुई तोला सुन ल्याउँदा खेरी एक्सरे गरेर पेटसम्म पनि हेरेर भन्सार निकाल्ने अहिले एक क्विन्टल सुन ल्याउँदा कसरी चुपचाप लागेर बसेको छ ? यो खालि भन्सारका केही कर्मचारीको मिलेमतो मात्र होइन, यो राजनीतिक रूपबाट उच्चस्तरिय संलग्नताबाट भएको हो ।’

उनले सुन तस्करी भएको दिन विमानस्थलको सुरक्षा अंग र भन्सारको प्रमुख नहुनुले आशंका जन्माउको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !