१४ आश्विन २०८१, सोमबार

स्याङ्जाकी एक युवती कालीगण्डकी नदीमा हामफाली बेपत्ता

प्रकाशित मिति :  26 July, 2023 6:42 pm


काठमाडौँ । कालीगण्डकी नदीमा हामफली एक युवती बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा स्याङ्जा जिल्ला चापाकोट नगरपालिका वडा नम्बर ७ गाम्रेछाप बस्ने कृष्ण दर्जीको छोरी १६ वर्षीय सजनी परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

आज (बुधबार) बिहान ११ बजे कालीगण्डकीमा हाम फालेकी परियारको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

नदीमा हाम फाल्नुको कारणबारे पनि केही नखुलेको प्रहरी निरीक्षक खनालले बताए ।



प्रतिक्रिया दिनुहोस !