९ कार्तिक २०८१, शुक्रबार

आगामी २४ घण्टाकाे माैसमः लुम्बिनीसहित ६ प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकाे सम्भावना 

प्रकाशित मिति :  27 July, 2023 7:32 am


काठमाडाैँ। आगामी २४ घण्टामा कर्णाली बाहेकका सबै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाकाे सम्भावना रहेकाे छ । 

जल तथा माैसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। 

बिहीवार बिहानदेखि देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।



प्रतिक्रिया दिनुहोस !