१४ आश्विन २०८१, सोमबार

सिंगो देश मिटरब्याज पीडितको पक्षमा छः कानूनमन्त्री गुरुङ

प्रकाशित मिति :  27 July, 2023 12:43 pm


काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताए । 

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताउनु बताए ।

उनले सामन्तवादका अवशेषहरुको अन्त्यका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनु भयो । उनले विधेयकको रुप फेरिएपनि सार नफेरिएकोप्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताए । 
उनले भने, ‘हामी पीडितको पक्षमा उभिनुपर्छ । सिंगो मुलुक पीडितको पक्षमा उभिएको छ । राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवै सदन पीडितकै पक्षमा उभिने हो । सामन्तवादका अवशेषहरुको अन्त्यका लागि एक ठाउँमा उभिनुपर्छ । सामन्तवादको अवशेषका पक्षमा कोही पनि उभिँदैनौँ । रुप फेरिएर आएपनि त्यो विधेयकको सार फेरिएको छैन भन्ने मलाई लागिरहेको छ । त्यसैले सार नफेरिकन रुप फेरिएर मात्रै हुँदैन । वास्तवमा पीडकहरुलाई अनुचित लेनदेन गर्ने पीडकलाई कानूनी दायरामा ल्याउने काम गर्न यो विधेयकले । त्यसैले सार नफेरिएरको रुप फेरिएको अवस्थामा आइपुग्दा म दुःखीत छु। आफी चाहन्छु, आइन्दा यसरी कमी त्रुटी सरकारको पक्षबाट नहुने आग्रह गर्छु ।’ 



प्रतिक्रिया दिनुहोस !