१४ आश्विन २०८१, सोमबार

राष्ट्रिय सभा बैठकमा मिटरब्याज सम्बन्धी विधेयक टेबल

प्रकाशित मिति :  27 July, 2023 1:10 pm


काठमाडाैं । राष्ट्रिय सभा बैठकमा मिटरब्याज सम्बन्धी ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ टेबल भएको छ । 

बिहीवार बसेको राष्ट्रिय सभाको बैठकमा गत असार ३१ गते प्रतिनिधि सभाबाट पारित भएको विधेयक टेबल भएको हो । राष्ट्रिय सभाका सचिव सुरेन्द्र पाण्डेले विधेयक टेबुल गरे ।

उनले भने, ‘राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधि सभामा पठाएको ‘मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ प्रतिनिधि सभाबाट पारित गरी फिर्ता पठाएको सन्देश प्राप्त भएको छ । अध्यक्ष महोदयको अनुमतिले सन्देशको व्यहोरा सभा समक्ष जाकारी गराउँछु । २०८० साल असार ३१ गते आईतवार बसेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभामा उत्पत्ति भएको मुलुकी संहीता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक, २०८०’ लाई सभाले स्वीकार गरेको संशोधनसहित पारित गरेकाले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३३ को उपनियम ५ बमनेजिम सभाले स्वीकार गरेको उक्त संशोधनप्रति यसैसाथ राखि सन्देशसहित विधेयक फिर्ता पठाएको अनुरोध गर्दछु । सम्माननीय अध्यक्ष महोदय, राष्ट्रिय सभा नियमावलीको नियम १२३ को उपनियम १ बमोजिम उक्त सन्देश यस सम्मानित सभा समक्ष टेबल गर्दछु ।’
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आजै बस्ने गरी आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।  राष्ट्रिय सभाबाट आज नै यो विधेयक पारित गर्ने तयारी छ ।

उक्त विधेयक राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणिकरण गरेपछि यो विधेयक ऐनको रुपमा लागू हुनेछ ।



प्रतिक्रिया दिनुहोस !