१४ आश्विन २०८१, सोमबार

नेपालको उन्नति जलविद्युतबाट सम्भव छ : सभामुख घिमिरे

प्रकाशित मिति :  27 July, 2023 3:10 pm


काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको उन्नति जलविद्युतबाट नै सम्भव रहेको बताएका छन् ।

आज (बिहीबार) ललितपुरमा आयोजित सामूहिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले दुई वर्षभित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत् पुर्‍याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत् उत्पादन गरी वितरण गर्ने कुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए ।

सभामुख घिमिरेले औद्योगिकरणमा विद्युत् खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्त्वपूर्ण कदम चाल्नुपर्ने बताए । उनले ऊर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरू अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताए ।

सभामुख घिमिरेले थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरू पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसद्को भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !