१४ आश्विन २०८१, सोमबार

रेडक्रस सोसाइटीले माग्यो रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग

प्रकाशित मिति :  27 July, 2023 5:52 pm


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग मागेको छ । रेडक्रस सोसाइटीले बिहीवार पत्रकार सम्मेलन गर्दै रेडक्रसभित्रको समस्या समाधान गर्न रेडक्रस ऐन निर्माणका लागि सरकारसँग सहयोग मागेको हो ।

संस्थाका नवनिर्वाचित महामन्त्री भूपतिलाल श्रेष्ठले रेडक्रस ऐन नबनेका कारण पनि समस्या उत्पन्न भएको भन्दै रेडक्रसको केन्द्रिय तहमा विवाद हुँदा स्थानीय तहमा काम गर्न समस्या भएको बताए ।

उनले संस्थाको लेखा परीक्षण पनि हुन नसकेको र नेपाल रेडक्रस सोसाइटीको विधान नेपालको संविधान बमोजिम परिमार्जन नभएको बताए ।

संस्थालाई समावेशीता, समानुुपातिक, प्रादेशिक संरचनामा लैजानुपर्ने भन्दै उनले अबको ६ महिनाभित्र विधान संसोधन हुने बताए । उनले रेडक्रसलाई राजनीतिकरण गर्न नहुने पनि बताए ।

श्रेष्ठले विश्वका एक सयभन्दा बढी देशमा कानून निर्माण गरी राष्ट्रिय रेडक्रस सोसाइटीहरू सञ्चालित रहेको जानकारी दिँदै नेपाल रेडक्रसको पनि कानूनी आधार बलियो बनाउन रेडक्रस ऐन निर्माणको लागि सरकार, सरोकारवाला र सञ्चार माध्यमहरूको भुमिका महत्वपूर्ण रहने बताए ।

पत्रकार भेटघाट कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका नवनिर्वाचित अध्यक्ष प्रा। सुदर्शनप्रसाद नेपालले संस्थाको नविकरण, रेडक्रस कानूनको निर्माणमा पहल र साधारण सभा गरी मानवीय सेवाका गतिविधिहरूलाई अझ बढी प्रभावकारी रूपमा अघि बढाउने बताए ।

नेपाल रेडक्रस सोसाइटीले भदौ ८ र ९ गते साधारण सभा गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !