१४ आश्विन २०८१, सोमबार

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति :  28 July, 2023 11:13 am


काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर प्रतितोला छापावाला सुन १ लाख १३ हजार ५०० रुपैयाँ र १ लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ भने हिजो बिहीबार प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !