१४ आश्विन २०८१, सोमबार

एनआइबीएल सहभागिता फन्डको लाभांश घोषणा

प्रकाशित मिति :  28 July, 2023 12:02 pm


काठमाडौं । एनआइबीएल एस क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइबीएल सहभागिता फन्डले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर सहित ४ प्रतिशतका दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ । लाभांश वितरण प्रयोजनका लागि साउन ११ गते बुक क्लोज गरिसेकेको छ ।

साउन १० गतेसम्म कायम इकाइधनीले मात्रै उक्त लाभांशमा भाग लिन पाउने क्यापिटलले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !