१४ आश्विन २०८१, सोमबार

सेयरधनीलाई पुरानो लाभांश बुझिलिन सोल्टी होटलको आग्रह

प्रकाशित मिति :  28 July, 2023 12:43 pm


काठमाडौं । पुरानो लाभांश बुझिलिन सोल्टी होटलले आफ्ना सेयरधनीलाई आग्रह गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै होटलले यसअघिका साधारण सभाबाट पारित भएबमोजिमका नगद लाभांश लिन बाँकी सेयरधनीहरुलाई आफ्नो लाभाशं बुझिलिन आग्रह गरेको छ ।

नगद लाभांश लिन बाँकी रहेका सेयरधनीहरुले आवश्यक कागजपत्रसहित सेयर रजिस्ट्रार एनआईएमबि एस क्यापिटलमा सम्पर्क गरी लिन सक्ने कम्पनीले सूचनामार्फत् जनाएको छ ।

त्यस्तै पाँच वर्षसम्म कुनै लगानीकर्ताको दाबी प्रस्तुत हुन नआएको खण्डमा लाभांश रकम ऐनअनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकोले हालसम्म पनि लाभांश रकम लिन छुटेका लगानीकर्तालाई सो लाभांश बुझिलिन आग्रह गरेको सूचनामा उल्लेख गरिएको छ ।

लाभांश रकम लिन बाँकी रहेका सेयरधनीहरुको विवरण सोल्टी होटेलको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !