१४ आश्विन २०८१, सोमबार

गल्फ लुब्रिकेन्टको डिलर मिट सम्पन्र, सर्वोत्कृष्ट डिलरहरू सम्मानित

प्रकाशित मिति :  28 July, 2023 5:52 pm


काठमाडौँ । गल्फ लुब्रिकेन्टको उत्पादक एवं वितरक नेपाल ल्याब आयल लिमिटेडले डिलर मिट कार्यक्रम गरेको छ।

धुलिखेलमा सम्पन्न दुई दिने सो कार्यक्रममा नेपालभरि रहेका ५० भन्दा बढी डिलर, र नेपाल ल्युब आयल लिमिटेडका प्रतिनिधि सहभागी रहेको कम्पनीले जनाएको छ ।

देश आर्थिक मन्दीमा गुज्रिरहेको समयमा डिलहरूले सामना गरेको समस्याको गम्भीर रूपमा समीक्षा भएको र आगामी दिनमा कसरी व्यवसायलाई मजबुत बनाई अगाडी बढ्ने भन्ने विषयमा छलफल हुनुको साथ बृहत रोड म्याप तयार गरेको कम्पनीले जानकारी दिएको छ ।

कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न विधानमा सर्वोत्कृष्ट भएका डिलरहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाल ल्याब आयल लिमिटेडका कार्यकारी निर्देशक करण चौधरीले कम्पनीको भन्दा पनि बाह्य असरका कारण गत वर्ष देशका अन्य उद्योगहरू जस्तै कम्पनीले पनि विभिन्न समस्याको सामना गर्नु परेको बताएका थिए।



प्रतिक्रिया दिनुहोस !