१४ आश्विन २०८१, सोमबार

नेकपा एसले बोलायो केन्द्रिय समितिको बैठक

प्रकाशित मिति :  30 July, 2023 11:20 am


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय सचिवालयको बैंठक बोलाएको छ ।

यहि साउन १५ गते मीनभवन स्थित पार्टी कार्यालयमा केन्द्रिय सचिवालयको बैठक बोलाइएको उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

बेैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने खतिवडाले जानकारी दिए ।

सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनीत गर्ने विषयमा छलफल गर्नेलगायत विषय बैठकको कार्यसूचीमा रहेको खतिवडाले बताए । ।



प्रतिक्रिया दिनुहोस !