१४ आश्विन २०८१, सोमबार

संवैधानिक परिषद्को बैठक मंगलबार बस्ने

प्रकाशित मिति :  30 July, 2023 5:34 pm


काठमाडौं । प्रधानन्याधीश नियुक्ति सिफारिसको लागि संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।

आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफल पछि परिषद्को बैठक बोलाउने निर्णय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गर्न मंगलबार अपरान्ह ४ बजे बैठक बस्ने भएको छ ।

आज बिहान बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीश सिफारिसको बिषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस !