१४ आश्विन २०८१, सोमबार

जलवायु परिवर्तन सम्बन्धी समस्या न्युनिकरण गर्न नेपाललाई वार्षिक साढे ४ खर्ब डलर आवश्यक

प्रकाशित मिति :  30 July, 2023 4:05 pm


सुर्खेतमा बढ्दो मरुभूमीकरणका कारण खेतबारी बाँझै रहन थालेका छन् । तस्बिर साभारः अक्सफाम नेपाल

काठमाडौँ । नेपालमा जलवायु परिवर्तन सम्बन्धी समस्या न्युनिकरणका लागि काम गर्न नेपाललाई वार्षिक साढे ४ खर्ब अमेरिकी डलर आवश्यक रहेको देखिएको छ ।

नेपालमा जलवायु परिवर्तनसम्बन्धी भइरहेका कार्यको अवस्थाबारे नागरिक स्तरको प्रतिवेदनले जलवायु परिवर्तन सम्बन्धी खर्च देखाएको हो ।

प्रतिवेदनमा नेपाललाई जलवायु परिवर्तन सम्बन्धी समस्या न्युनिकरणको काम गर्न नेपाललाई वार्षिक साढे ४ खर्ब अमेरिकी डलर आवश्यक रहेपनि नेपालले भने ५० अर्ब मात्रै छुट्याइएको उल्लेख छ ।

सार्वजनिक प्रतवेदनमा जलवायु परिवर्तनबाट अहिलेसम्मका असर, त्यसको चुनौति र समाधानका उपाय औंल्याइएको छ । जलवायु परिवर्तन सम्बन्धी पर्ने समस्याको समाधानका लागि अर्थ व्यवस्थापनमा ठूलो चुनौति रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा जलवायु परिवर्तन सम्बन्धी नेपालले बनाएका नीतिको कार्यान्वयनको अवस्था सन्तोषजनक नहुनु, जलवायु परिवर्तनबाट हुने समस्या न्युनिकरणका लागि प्रदेश स्तरका कार्ययोजनाहरु बनाउन नसक्नुले पनि थप चुनौति बढेको प्रतिवेदनले औँल्याएको छ ।

जलवायु परिवर्तन न्युनिकरणका लागि स्थानीय तहमा आवश्यक र दक्ष जनशक्तिको अभाव रहेको प्रतिवेदनमा उल्लेख छ ।

जलवायु परिवर्तनबाट भएको असर कम गर्न पेट्रोलियम पदार्थको आयात प्रतिस्थापनका लागि विद्युतीय सामग्रीको प्रयोगलाई बढाउने बारेमा विशेष कामहरू भइरहेपनि पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन कसरी घटाउने भन्नेतर्फ सरकारको ध्यान जान नसकेको प्रतिवेदनले औँल्याएको छ ।

विद्युतीय सामग्रीको प्रयोगलाई बढाउने बारेमा सोच्न जरुरी देखिएको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !